दीपबहादुर घर्ती,

जाजरकोट, २० भदौ । जिल्ला सदरमुकाम खलंगामा व्यवसायिक रोजगारी सृजना गर्न सट्टमको कुक तालिम सञ्चालन गरिएको छ । सामुदायिक विकास कार्यक्रम जाजरकोट द्धारा कुक तालिमको आयोजना गरिएको हो ।

गत साउन ३१ गते देखि सञ्चालन भएको कुक तालिम यही भदौ २८ गते सम्म सञ्चालन हुने सामुदायिक विकास कार्यक्रम जाजरकोटले जनाएको छ ।

उक्त तालिममा १ जना पुरुष र १३ जना महिला गरि जम्मा १४ जना सहभागिहरु रहेको सामुदायिक विकास कार्यक्रम जाजरकोटका जिविको पार्जन अधिकृत महेन्द्र चन्दले वताए । गाउँ विकास समिति र वडा नागरिक मञ्चको संयुक्त सिफरिसमा नागरिक सचेतना केन्द्रका सदस्यहरुलाई मात्र तालिममा सहभागि गराईएको अधिकृत चन्दको भनाई छ ।

सट्टमको तालिममा सहभागिहरुलाई भेज तथा नन्भेज चाउमिन, मोःमोः का परिकारहरु, चिकेन तथा मटन रोष्टा, चिल्ली, किस्पी, टास, चिकेन ललिपप, लेगपिस लगाएतका खानाका परिकारहरु वनाउन सिकाईएको प्रशिक्षक चरणराम चौधरीले वताए । त्यसैगरी सुपहरुमा मिक्स तथा भेजिटेवल सुप, टमाटो सोर्वा वनाउन सिकाईएको प्रशिक्षक चौधरीले जानकारी दिए । साथै उक्त तालिममा डेजेट, गुलाव, जामुन, समोसा, पकौरा, सव्जी पुरी, छोला भौटुरा लगाएतका परिकारहरु वनाउन सिकाईएको चौधरीको भनाई रहेको छ ।

सामुदायिक विकास कार्यक्रम जाजरकोटको आर्थिक सहयोगमा आयोजित तालिमको सहजीकरण नमस्ते नेपाल भोक्सनल एजुकेसन प्रालीले गरेको सहायक प्रशिक्षक सुमन जैसीले जानकारी दिए ।

उक्त तालिमवाट सहभागीहरुलाई व्यवसायिक रुपमा रोजगारी सृजना गर्नुका साथै जिविको पार्जनका निकै सहयोग पुग्ने सामुदायिक विकास कार्यक्रम जाजरकोटका संयोजक काशीराम कार्कीको भनाई रहेको छ । आर्थिक हिसावले निकै विपन्न नागरिक सचेतना केन्द्रका सदस्यहरुको लागि यो तालिम निकै जिवन उपयोगी हुने संयोजक कार्कीको दावी रहेको छ ।

Source: http://koselinews.com (September 5, 2016)