मर्निङपोस्ट संवाददाता नन्दकृष्ण अधिकारीबाट 

१६ माघ, २०७३

कालिकोट– जिल्लाका विभिन्न १० वटा गाविसमा सामुदायिक विकास कार्यक्रम  सिडिपी  कालीकोट द्धारा संचालित कार्यक्रमले गर्दा कालीकोटले विकास निर्माणमा फड्को मार्दै गएको छ ।

विकास निर्माण को हिसाबले पछाडि परेको अति दुर्गम तथा पिछडीएको  कालिकोट जिल्ला  र सदरमुखकाम मान्म देखि एक दुई दिनको बाटो हिडेर पुगीने विभिन्न गाविस माल्कोट, रुप्सा, कोटवाडा, मेहेलमुडी ,फोइमहादेव, राँचुली, जुविथा, छाप्रे, लालु, र मुम्रा लगाएतका गाविसमा विद्यालय भवन निर्माण  फर्निचर र सिचाइ कुलो   लगाएतका पुर्वाधार निर्माणका काम यति बेला  तिव्र गतिमा  धमाधम भइहेको र केहि विद्यालय भवन निर्माण , फर्निचर र सिचाइ योजनाको काम  सम्पन्न भएका छन ।

आर्थिक वर्ष २०७२।०७३ को भौतिक पुर्वधार निर्माण कार्यक्रम अन्र्तगत निर्माण भएका विद्यालय भवन निर्माण कार्य ,गाविसको वार्षिक योजना तर्जुमालाई कार्यान्वयन गदै समुदायको वस्ती स्तर देखि  इलाका हुदै जिल्ला परिषदको योजना तर्जुमाको १४ चरण पार गदै आएका कार्यक्रमलाइ कार्यान्वय गर्ने निती अनुसार  प्रत्येक गाविस लक्षित बजेट रकम रु १५ लाखको सामानुपातिक वितरण पद्धतीलाई कार्यान्वयन गर्दै हाल १० वटा गाविसमा  यो कार्यक्रम  एलजिसिडिपी कार्यक्रमको परिपुरक कार्यक्रमको रुपमा  रहेर संचालन गरिएको सामुदायिक विकास कार्यक्रम  कालीकोटका जिल्ला संयोजक लिलाराम न्यौपानेले वताए ।

जिल्लामा आजका मिति सम्म सामुदायिक विकास कार्यक्रम  कालीकोटले  जिल्लाको महावै आधारभुत विद्यालय छाप्रे ३ को २ कोठे भवन  १५ लाखको लागतमा ,जनसेवा आधारभुत विद्यालय  राँचुली वडा नम्वर ७ मा २ कोठे भवन  १६ लाखको लागतमा ,मालिका मा.वि फोइमहादेव ३ नाग्ममा ३ कोठे भवन २० लाखको लागतमा ,कालिका आधारभुत विद्यालय फोईमहादेव ढाँडभिग्म वडा नं.५ मा ३ कोठे भबन २० लाखको लागतमा ,कालिका मा वि जुविथा खल्ला वडा नं.३ मा ३ कोठे भवन २० लाखको लागतमा र खापरमष्ठा आधारभुत विद्यालय  मेहेलमुडी ६ मा ३ कोठे भवन १७ लाखको लागतमा ,ठिगेल्नी देवि आधारधुत विद्यालय मुम्रा ३ मा  २० लाखको लागतमा विद्यालय भवन तथा फनिचर निर्माण कार्य सम्पन्न गरिएको छ ।

यस्तै लालगिगुराँस आधारभुत विद्यालय मुम्रा ६ मा  ३  कोठे भवन २० लाखको लागतमा   र  नन्दादेवि आधारभुत विद्यालय मालकोट ३ मा  ३  कोठे भवन  १२ लाखको लागतमा विद्यालय भवन निर्माण र फर्निचर  निर्माण कार्य भइहरेको छ ।

यति बेला कालिकोट  जिल्लाका बिभिन्न बिद्यालयहरुमा नया विद्यालय भवनहरु  निर्माणको काम  धमाधम  हुने गरेपछि स्थानियवासि र बिद्यार्थिहरु भने खुसि भएका छन ।

विद्यालय भवन निर्माण गरिनु पुर्व त्यहाको अबस्था के थियो भन्ने प्रश्नमा  सामुदायिक बिकास कार्यक्रम सिडिपि कालिकोट का फिल्ड सुपर भाइजर नन्द  प्रसाद अधिकारीले  भन्नु भयो कालिकोट जिल्लाका  अधिकांश  विद्यालयका पुराना भवनहरु   जिर्ण भइ कम्मजोर भएका र बिद्यार्थीको चाप अनुसार कक्षा कोठा अपुग रहेको बताउदै कतिपय विद्यालयमा भने विद्यार्थीहरु खुला चौरमा पठन पाठन गरिरहेकोले समुदायको माग र आबस्यकता को आधारमा  कार्यक्रम संचालन गरिएको बताउनु भयो । जिल्लाका विभिन्न गाविसमा  सिंचाइ  क्षेत्र तर्फ वान्ना छहरा सिचाइ आयोजना रुप्सा ८ र ९ मा २२ लाखको लागतमा र चुचेढुंगा सिंचाइ पोखरी आयोजना जुविथा ९ मा ११ लाखको लागतमा सिचाइ योजना निर्माण कार्य सम्पन्न गरिएको छ ।

ओखरभिट्टा सिंचाइ कुलो आयोजना छाप्रे ८ र ९ मा २३ लाखको लागतमा ,पिपलसेरा सिचाइ कुलो आयोजना लालु ५ मा २६ लाखको लागतमा र पगांतीकुलो सिचाइ कुलो योजना मेहेलमुडी ५ मा १४ लाखको लागतमा सिंचाइ योजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन । गाउ बस्तीमा सिचाइका योजनाहरु सम्पन्न भइ धमाधम काम भइ रहेकाले कृर्षकहरु खुसि भएका छन ।

सामुदायिक विकास कार्यक्रम सिडिपी कालिकोटले  जिल्ला १०  वटा गाविसमा लक्षित कार्यक्रम संचालन गरी १५७ वटा नागरिक सचेतना केन्द्रमा पनि काम गरिरहेको छ ।  जिविकोपार्जन आय आर्जन कार्यक्रम अन्र्तगत हाल सम्म विभिन्न किसिमका तालिम  मोवाइल मर्मत तालिम १९ जनालाई ,हाउस वाइरिंग तालिम १९ जनालाइ  कार्पेटिंग तालिम २० जनालाइ दिइसकेको छ ।  अन्य व्यवसायिक तालिम १ सय २० वटा तालिम दिन वाकी रहेको र केही समयमा पछि संचालन गरिने सामुदायिक विकास कार्यक्रम कालीकोटका जिल्ला संयोजक न्यौपानेले वताए ।

सामुदायिक विकास कार्यक्रमले  विकास निर्माण, सिचाइ , जिविकोपार्जन आय आर्जन सम्बन्धी  सन २०१८ सम्म ३ देखि ४ करोड सम्मको वजेट लगानी गर्ने भएको छ ।

Source: www.emorningpost.com (2017/01/30)