१९ अषाढ, २०७४ मध्यस्थता संवाददाता

प्रस्तावना तथा प्रतिवेदन लेखनमा सहभागी बन्दै गरेका किशोरीहरु र उनीहरुलाई सहजीकरण गर्दै सहजकर्ता ।

मकवानपुर/मकवानपुरको हेटौंडा बसामाडी लेबटका किशोरी प्रस्तावना तथा प्रतिवन लेख्न सक्ने भएका छन् । स्थानीय पारिजात किशोर किशोरी सञ्जाल, सशक्त किशोरी समूह र सक्षम किशोरी ग्रेजुएट फोरमको आयोजना, हेटौंडा उपमहानगरपालिका तीन नम्बर वडा कार्यालयको सहयोग र आर आर एनको समन्वयमासञ्चालित तालिममा सहभागी बनेका उनीहरु प्रस्तावना तथा प्रतिवेदन लेख्न सक्ने भएका हुन् ।

प्रस्तावना एवम् प्रतिवेदन लेख्ने तरिका, समेटिनुपर्ने विषय, आवश्यकता तथा महत्व, यसका ढाँचा लगायतका विषयमा दुई दिनसम्म चलेको तालिममा सहभागी बनेका किशोरीहरु अब आफैं प्रस्तावना तथा प्रतिवेदन लेख्न सक्ने बनेका हुन् । तालिममा सहभागी पुजा विक विभिन्न कार्य गर्नका लागि अब प्रस्तावना तयार गर्नसक्ने भएको बताउँछिन् । ‘तालिममा सहभागी बनेपछि हामीले सञ्चालन गर्नसक्ने विभिन्न कार्यक्रमका लागि आवश्यक पर्ने प्रस्तावना लेख्न आफैं सक्षम बनेका छौं । ’ उनी भन्छिन्, ‘प्रस्तावना लेखनका विषयमा खासै जानकारी नभएका हामीहरु तालिमबाट प्रस्तावना तथा प्रतिवेदनका विविध पक्षबारे जानकार भयौं । ’ अब आफूले सिकेको शिप व्यवहारमा उतार्ने उनी बताउँछिन् ।

तालिमबाट प्रस्तावना लेख्न सक्षम बनेका किशोरीहरु अब किशोरीका समस्या, लागुपदार्थ, महिलाहिंसा , जातिय छुवाछुत, बालविवाह र मानव वेचविखन जस्ता सवालमा आवश्यक विभिन्न जागरण मूलक कार्य गर्नका लागि लागिपर्ने बताउँछन् । तालिमका सहजकर्ता सुशीलराज गिरी पनि तालिममा सहभागी बनेका किशोरीहरुको आत्मविश्वास देखेर आफूलाई खुसी लागेको बताउँछन् । गाउँठाउँमा आवश्यक विभिन्न कार्यका लागि परियोजना सञ्चालन गर्नुका लागि आवश्यक प्रस्तावना तयार पार्न तालिम प्राप्त किशोरीहरु अब सक्षम हुनेमा उनी विश्वस्त छन् ।

हेटौंडा उपमहानगरपालिका तीन नम्बर वडा सदस्य विमला बर्ताैला पनि किशोरीहरु विभिन्न संस्थाका लागि आवश्यक प्रस्तावना तथा प्रतिवेदन लेख्नसक्ने हुनु तालिम प्रभावकारी भएको बताउँछिन् । उनी तालिममा सिकेको शिप व्यतिm, घरपरिवार तथा समुदायमा कार्यान्वयन गर्नुपर्ने बताउँछिन्
तालिम सञ्चालन गर्नका लागि हेटौंडा उपहानगरपालिका तीन नम्बर वडाले बालबालिकाहरुको लक्षित बजेट अन्तर्गत १५ हजार रुपिया आर्थिक सहयोग गरेको तालिममा समन्वय गर्ने संस्था आरआरएनले जनाएको छ ।

Source: http://www.madhyasthata.com/