कलैया, १२ माघ

नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर आर एन) द्वारा संचालित सामुदायिक विकास कार्यक्रम बारा र साविक गाविस टेढाकट्टीको संयुक्त लगानीमा नवनिर्मित स्ल्याब कल्भर्टको विधिवत रुपमा एक कार्यक्रम विच उद्घाटन भएको छ । कार्यक्रमको अध्यक्षता आदर्शकोतावल गाउँपालिकाका वार्ड न. ५ का अध्यक्ष चन्देश्वर गिरीले गरेका थिए भने प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य एवं पुर्व स्वास्थ्य मन्त्रि उमाकान्त चौधारी रहेको थियो भने कार्यक्रमको विशिष्ट अतिथि समाज सेवी एवं बुद्धिजिबी मदन मण्डल, सीडीपीका जिल्ला संयोजक विपिन दासको रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद चौधारीले स्ल्याब कल्भर्टको उद्घाटन गर्दै सीडीपी कार्यक्रमले शिक्षा, यातायात र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर जिल्लाका विभिन्न गाउँमा पूर्वाधार विकासका योजनाहरु गरिरहेको कार्य प्रति आफु अत्यन्त खुसि रहेको व्यक्त गरेका थिए । जनताहरुका वास्तविक र आवश्यक मागहरुलाई सम्बोधन गर्दै विभिन्न गाउँपालिका र नगरपालिकामा प्रसुती गृह, स्ल्याब कल्भर्ट, बिद्यालय भवन, स्वास्थ्य चौकी जस्ता अत्यन्त महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानिय सरकारसंग सहकार्य गरि विकास साझेदारको रुपमा अग्रणी भूमिका निर्वाह गरेकोमा संस्थाका संयोजक दास लगायत सम्पूर्ण टिमलाई सासद चौधरीले धन्यवाद दिदै आफुले संस्थाको कार्यलाई थप उर्जा र गति दिन आवश्यक परेको खण्डमा जस्तो सुकै सहयोग गर्ने प्रतिवध्ता समेत व्यक्त गरेका थिए । पूर्वाधार विकास निर्माण, सामाजिक र आर्थिक रुपान्तरणका लागि जुन किसिमको भूमिका सिडीपीले निर्वाह गर्दै आएको छ त्यो अतुलनीय रहेको महसुस गर्दै आफुले बोकेको दृष्टिलाई सिडीपीको यो सहयोगले साथ दिएको अनुभूति गर्दै सस्थाको उत्तरोतर प्रगतिको शुभकामना दिएका थिए ।

समाज सेवी मदन मण्डलले मन्तव्य व्यक्त गर्ने सस्थाकोे सहयोगले पूर्वाधार, सामजिक परिचालन, जिविकोपार्जन र सुशासनको क्षेत्रमा वडाको टोल टोलमा निकै नै परिवर्तन आईरहेको र चेतनाको स्तरमा वृद्धि गर्ने देखि लिएर कल्वर्ट निर्माण गर्ने कार्य सराहनीय रहेको बताउदै आगामी दिनमा यस्तै सहयोग गर्न सीडीपिलाई आग्रह गर्दै धन्यवाद दिएका थिए ।

टेढाकट्टीको जनताको सद्भाव र बिकास प्रतिको सकारात्मक सोचले गर्दा समयमा कल्वर्ट निर्माण कार्य सम्पन्न भएको र आगामी दिनमा यस सस्थाले विकासको निम्ति फेरी पनि केहि ठोस योजना अगाडी बढाउन सदैव समुदायसंग सहकार्य गरि आफ्नो दातृ निकायसंग अधिकतम बजेट ल्याउन पहल गरि यस जिल्लाको विकासलाई गति दिने सिडिपिका जिल्ला संयोजक बिपिन दासले प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल, बारागढ़ी गापा अध्यक्ष देवदत्त बछार लगायतले मन्तव्य दिएका थिए ।

उपभोक्ता समितिले सीडीपीलाई सम्मान पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा इन्जीनियर बिनय कर्ण, लेखा अधिकृत अशिम पोखरेल,अनुगमन अधिकृत हेमन पनेरु र कल्भर्ट निर्माण समितिका अध्यक्ष बिरेन्द्र चौरसिया र सचिव सर्वन मण्डलको उपस्थिति रहेको कार्यक्रममा संचालन निर्प परियारले गरेका थिए भने स्वागत केदार कालाखेतीले गरेका थिए ।

Source: http://sajhedarinews.com/2018/01/26/791/