प्रशुती गृह भवन उदघाटनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै माधवनाराण नगरपालिकाका नगरप्रमुख बीरेन्द्र यादवले उपकरण औषधी लगायतका आवश्यक सामाग्रीहरु नगरपालिकाबाट उपलव्ध गराई प्रशुतीगृह यथाशिध्र्र सञ्चालनमा ल्याउने प्रतिबधता व्यक्त गर्नु भयो ।

रौतहट माघ । गौर महिला लाई स्थानिय तहमा प्रशुती गराउने वर्षौ देखीको चाहना पुरा हुने भएको छ ।नेपाल सरकार तथा वेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्वरा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपि) मार्फत प्रशुती गृह भवन निर्माण भए पछि स्थानियको चाहना पुराहुने भएको हो । उक्त भवन बनाउन सामुदायिक विकास कार्यक्रम (सिडिपि) ले १८ लाख ९५ हजार ८ सय ३६ रुपैया र साविकको पिपरारजवडा गाविसको १ लाख ७७ हजार २ सय गरी जम्मा २० लाख ७३ हजार ७ सय ३६ रुपैयाको लागतमा सम्पन्न गरेको कार्यक्रम संयोजक लिल कार्कीले जानकारी दिनु भयो ।

प्रशुती गृह भवन उदघाटनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै माधवनाराण नगरपालिकाका नगरप्रमुख बीरेन्द्र यादवले उपकरण औषधी लगायतका आवश्यक सामाग्रीहरु नगरपालिकाबाट उपलव्ध गराई प्रशुतीगृह यथाशिध्र्र सञ्चालनमा ल्याउने प्रतिबधता व्यक्त गर्नु भयो ।
प्रशुतीगृह निर्माण समितिका अध्यक्ष एवं पिपरारजवडा गाविसका पूर्व अध्यक्ष किसुनी साहले यो संचालन भए पछि रौतहट क्षेत्र नम्बर १ का अधिकांस गाउँका जनता लाभान्वित हुने बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रौतहटका जिल्ला समन्वय अधिकारी उमेश बस्नेतले स्थानीय तहलाई यस्ता संस्थाहरु सञ्चालन गर्ने आवश्यक पर्ने स्थानमा खोल्ने , अनुदान दिने सहितका अधिकार रहेको जानकारी गराउनु भयो । सो अवसरमा उपमेयर सिमल कुमारी साह, स्वास्थ्यकर्मी नागेन्द्र पटेल, नगरपालिका प्रशासकिय अधिकृत प्रलव कायस्थ, निमित जिल्ला स्वास्थ्य प्रमुख नागेश्वर जयसवाल, वडा सचिव झगरु मन्सुरी लगायतका उपस्थिति रहेको थियो । प्रसुती गृह निर्माणमा योगदान गर्नेलाई सम्मान गरिएको थियो ।

Source: http://www.krantidwar.com/s.php?exsn=1182&exmenusn=2