प्रेमराज सिम्खाडा / कालिकोट

कर्णाली प्रदेशको सुन्दर पर्यटकिय क्षेत्र रारा तालमा आउने पर्यटकहरुलाई स्वादीलो खाना खुवाउनका लागि कालिकोटमा होटल ब्यवस्थापन तालिम सुरु भएको छ । कालिकोट जिल्लाका बिभिन्न वजारमा होटल ब्यवसाय गदै आएका २४ जनालाई एकै ठाउमा केन्द्रित गरेर होटल ब्यवस्थापन सम्वन्धीको तालिम सुरु गरिएको हो ।

सामुदायिक बिकास कार्यक्रम सिडिपिको लगानीमा कालिकोट जिल्लाका बिभिन्न वजारमा होटल ब्यवसाय गदै आएका २४ जना ब्यवसायीहरुलाई तालिम दिन थालिएको आयोजक सस्था सिडिपिका जिल्ला संयोजक लिलाराम न्यौपानेले बताए । उनले भने रारा जानका लागि पर्यटकहरु आउन थालेका र उनिहरुले कालिकोटका होटलहरुमा गुणस्तरिय खाना नपाएको गुनासो आएपछि आफुले होटल ब्यवस्थापन ( कुक) सम्वन्धीको तालिम सुरु गरेको सुनाए ।

रारा ताल अवलोकनका लागी पर्यटकहरु दिन प्रतिदिन वढ्न थालेका र होटलमा वस्न तथा खानका लागि स्वादिलो खाने कुराको अभाव हुन नदिनका लागि आफुहरुले तालिमको ब्यवस्थापन गरेको ब्यवस्थापक राजेश प्रसाद एरीले बताए । उनले भने कर्णाली राजमार्गका बिभिन्न वजारमा होटलहरु रहेका छन । तर आवस्यक सिपको अभावले यहाँको अर्गानीक खाने कुरा पनि स्वादिलो नभएर स्थानीय खाद्य वस्तुको पहिचान हुन नसकेको वताए । अव तालिम प्राप्त ब्यवसायीहरुले होटलमा स्वादिलो खाने कुरा दिने छन, यसले गर्दा स्थानीय अर्गानीक खाद्य वस्तुको वजारीकरण वढ्ने छ ।

करिव ८ लाख १६ हजारको लागानीमा उनिहरुलाई तालिम दिन थालिएको हो । होटल ब्यवस्थापन तालिम वाट सिप हाँम्सिल गरेपछि उनिहरुले आफ्नो ब्यवसाय सञ्चालन गरेकै ठाउँमा होटल सञ्चालन गर्ने सहमति पनि भएको छ । तालिमका साथै आयेजकले एक सेट उनिहरुलाई भाँडावर्तन पनि प्रदान गर्ने छ । पर्यटकहरुको आउ जाउ र वास स्थानलाई मुख्य केन्द्रबिन्दु वनाएको जिल्ला संयोजक न्यौपानेको दावी छ । उनले भने हामी ब्यवहारीक छैनौ, ब्यवसायमा ब्यवहारिक हुन र गुणस्तरिय खाने कुरा पाहुनालाई दिनका लागि आफुहरुले तालिमको आयोजना गरेका हौ ।

यस तालिमले २४ जना प्रशिक्षार्थीवाट २० जना त अनिवार्य ब्यवसाय सञ्चालन गर्ने लायकका आफुले पाएको प्रशिक्षक महेन्द्र न्यौपानेले वताए । उनले भने तालिम सुरु भएको आज सात दिन मात्र भएको छ । तर जिज्ञासु धेरै हुनु हुन्छ, सबै भन्दा इच्छुक तालिम मैले भेटाएको कालिकोटमा हो । आफुले चार वर्ष पहिला धनगढीमा होटल ब्यवस्थापन सम्वन्धी तालिम सिकेको हँु । मलाई पनि एक गैरसरकारी संस्थाले सिकाएको हो ।

त्यस पछि म देशका नौ वटा स्थानमा तालिम दिन गएको थिए । तर यस्तो जिज्ञासु अन्त भेटिन कालिकोटमा होटल ब्यवस्थापन सम्वन्धीको तालिम सिक्न चाहनेहरुको निकै चासो पाएको छु । उसो त पुरुष भन्दा पनि महिलाहरु तालिममा वढि सहभागी गराईएको छ । गृहणी भईसकेकी महिलाहरुको तालिममा सहभागीता भएकाले उनिहरुले ब्यवसाय गर्न सक्ने सबैले अनुमान गरेका छन । उनिहरुले अहिले पनि वजारमा होटल सञ्चालन गदै आएका छन । तालिम २५ दिन सम्म चल्ने छ ।