अछाम, बैशाख १८ । व्यवसायीक कुखुरापालन सम्बन्धि १२ दिने व्यवसायीक तालिम मङ्गलसेनमा सम्पन्न भएको छ । नेपाल सरकार र बेलायत सरकारद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम सिडिपिको आयोजनामा गत बैशाख ५ गते बाट सञ्चालन भएको १२ दिने व्यवसायीक कुखुरा पालन तालिम शनिबार समापन भएको छ ।

सिडिपि कार्यक्रमका अछाम जिल्ला संयोजक भिम महरले सहभागीहरुलाई व्यवसाय सञ्चालन गरि स्वरोजगार बन्न आग्रह गरे । उनले तालिम पश्चात् सबै सहभागीहरुले तालिमको सदुपयोग गरि व्यवसाय सञ्चालन गर्नेमा विश्वास दिलाए । कुखुरा पालन तालिमका सहभागी सबैले कुखुरा पालन व्यवसायी हुनुपर्नेमा जोड दिए ।

आर आर एन कार्यक्रमका बाजुरा जिल्ला सङ्योजक गोबिन्द बिक ले तालीम पछि व्यवसाय सञ्चालन गरे नगरेको जनप्रतिनिधिले अनुगमन गरि कामकारबाही गरिने बताए । उनले भने-`यदि सहभागीहरूले तालीम लिए पछि व्यवसाय नगरेको खण्डमा जनप्रतिनिधि द्वारा अनुगमन गरि दिएको अनुदान र तालीम अवधीभर खर्च भएको रकम फिर्ता गर्नु पर्छ ।´ सङ्योज बिकले देशमा बढदै गैरहेको बेरोजगारी समस्या लाई मध्यनजर गर्दै सिडिपीले बेरोजगार युवाहरू लाई स्वरोजगार बन्न तालीमको आयोजना गरेको बताए ।

सहभागीहरुलाई तालिम अवधिभर कुखुरा पालन व्यावसाय सुरुवात देखि उपभोक्ताले कहाँ पुर्याउने बेलासम्म गर्नु पर्ने सम्पुर्ण क्रियाकलापहरु प्रयोगात्मक गरि सिकाइएको तालिमका प्रमुख प्रशिक्षक तेज बोहराले जानकारी दिए । प्रशिक्षक बोहराले भने-`तालीम लिएर व्यावसाय गर्नु र अन्दाजको भरमा व्यवसाय गर्नुमा धेरै अन्तर रहेको छ।´ उनले प्रतिस्पर्धाको जमानामा ज्ञान, सीप र दक्षताको आधारमा व्यवसाय गरि सफल उद्यमी बन्न सहभागीहरुलाई आग्रह गरे ।

कुल लागत ४ लाख ८६ हजा रहेको उक्त १२ दिने व्यावसायिक कुखुरा पालन तालिममा ८ जना बाजुरा र १० जना अछामका गरि जम्मा १८ जना सहभागी रहेका थिए । सहभागीहरुलाई यातायात, खाना, बस्नको व्यवस्थाका साथै व्यवसाय सञ्चालनको लागि ९० ब्रोइलर चल्ला, औषधी, खोप, दाना पानी खुवाउने सामाग्रीहरु अनुदान दिएको छ ।

सिडिपि कार्यक्रमका जिल्ला सङ्योजक भिम महरको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बाजुरा जिल्ला संयोजक गोविन्द विक अतिथि रहेका थिए ।

उक्त समापन समारोहको सञ्चालन सिडिपि अछामका जिविकोपार्जन तथा सुशासन अधिकृत महेन्द्र चन्दले गरेका थिए ।