सुदूर खबर, अछाम – १७ जेष्ठ

नेपाल सरकार तथा बेलायत सरकार द्धारा सँन्चालित सामुदायिक विकास कार्यक्रम सि.डि.पी जिल्ला कार्यालय अछाम बाट कुखुरा पालन सम्बधी तालिम पश्चात लाल ब. दमाई ले हाल ढकारी गाँउपालिका ढुगाँचाल्ना स्थिीत बडा न. ६ आफनो घरमा कुखुरा पालन ब्यबसाय संचालन गरेका छन ।

सामुदायिक बिकास कार्यक्रम जिल्ला कार्यालय अछामले उक्त ब्यबसाय संन्चालन गर्नको लागि सहभागिलाई ९० बटा कुखुरा चल्ला तथा औषधी तथा दानाको उपलब्ध गराएको थियो । उक्त तालिम अछाम जिल्लाका १० तथा बाजुरा जिल्लाका ८ जना गरि जम्मा १८ जना सहभागिलाई उक्त सहयोग गरेको कुरा सामुदायिक बिकास कार्यक्रम जिबीकोपार्जन तथा शुसाशन अधिकृत महेन्द्र ब. चन्दले जानकारी दिनु भएको छ ।

हाल अछाम जिल्लाका १० सहभागिहरुले कुखुरा पालन ब्यबसाय सन्चालन गरेका छन र सामुदायिक बिकास कार्यक्रमले हाल १० जना सहभागिहरुको ब्यबसायको अनुगमन समेत गरिसकोको छ ।

सामुदायिक बिकास कार्यक्रमले अछाम जिल्लामा यस्ता बिभिन्न किसमका तालिम सन्चालन गरिसके को धेरै सहभागिले हाल बिभिन्न किसिमका ब्यबसाय आ आफ्नो क्षेत्रमा सन्चालन गरिएको कुरा अधिकृत चन्दले जानकारी दिनु भएको छ ।

Source:  http://www.sudurkhabar.com (१७ जेष्ठ २०७५, बिहीबार)