देशप्रदेश खबर

मुकेश चौलागाई/कर्णाली अनलाईन ।

गमगढी । जिल्लाको पर्यटकिय सम्भावनालाई लक्षित गर्दै मुगुका बिभिन्न क्षेत्रहरुमा रहेका युवा युवतीहरुका लागी एक महिने कुक तथा होटल व्यवस्थापन तालिम आज सदरमुकाम गगमढीमा सकिएको छ । आरआरएन मुगुद्धारा सञ्चालित सामुदायिक बिकास कार्यक्रम (सिडिपी) को आयोजनामा तालिम सञ्चालन गरिएको हो । कार्यक्रमका जिल्ला संयोजक मोहन भामका अनुसार मुगु जिल्लामा रारा सहितका बिभिन्न पर्यटकिय स्थान र सम्भावना पनी रहेकाले युवा युवतीहरुलाई होटल तथा व्यवसायमा आकर्षित गर्नका लागी तालिमको आयोजना गरिएको बताईएको छ । यहि जेठ १ गतेबाट शुरु भएको तालिममा २० जना सहभागिहरु रहेका थिए ।

तालिमका सहभागिहरुलाई होटल तथा व्यवसायमा उत्पादन अथवा बनाउनुपर्ने परिकार, तिनको व्यवस्थापन, ग्राहकहरुलाई आकर्षीत कसरी गर्ने लगायतका बिषयमा सहभागितहरुलाई जानकारी गराईएको सामुदायिक बिकास कार्यक्रमका हिरा बोहोराले बताउनुभयो । आज भएको तालिमको समापन कार्यक्रममा बोल्दै मुगु जिल्ला समन्वय समितीका प्रमुख एवमं कार्यक्रमका प्रमुख अतिथी पुर्ण बहादुर रोकायाले मेहनत गर्ने बानी नभएका कारण अधिकाशं नेपालीहरु तथा मुगाली समुदायले दुःख भोग्नुपरेको भन्दै त्यसलाई ख्याल गरि व्यवसाय शुरु गरिहाल्न आग्रह गर्नुभएको थियो ।

झण्डै १५ मिनेट सहभागिहरुसगँ होटलसगँ सम्बन्धित बिभिन्न बिषयमा छलफल गर्नुभएका उहाँले पर्यटकिय मुगु जिल्लाका हरेक ग्रामिण बजारहरुले व्यवस्थित रुपमा होटल सञ्चालन गर्ने व्यवसायीहरुको खोजी गरिरहेकोमा पनी जोड दिनुभएको थियो । कार्यक्रममा मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले हरेक क्षेत्रमा हात हालिहाल्ने, जुनसुकै बिषयमा तालिम लिईहाल्ने जिल्लाबासीको व्यवहारका कारण जिल्लाबासी आफै आत्मनिर्भर हुन नसकीरहेकोमा जोड दिनुभयो ।

उहाँले सहभागिलाई आफ्नो बाकिँ जिवन होटल व्यवसायका लागी सुम्पिएर व्यवसायी बने अवश्य सफल भईने बिश्वास समेत दिलाउनुभएको थियो ।

Source: https://ekarnalionline.com (प्रकाशित मिति: ३० जेष्ठ २०७५)