जेठ २९ जाजरकोट ।

जाजजरकोट जिल्लाको सदरमुकाम खलंगामा ७ दिने कुखुरा पानल तालिम शुरु भएको छ । सामुदायिक विकास कार्यक्रम र एकिकृत परियोजनाको संयूक्त आयोजनामा तालिममा संचालन भएको हो । तालिम २०७५ जेठ २९ गते देखि असार ४ गते सम्म संचालनहुनेछ । तालिममा जाजरकोट जिल्लाका छेडागाड र नलगाड नगरपालिका, जुनीचाँदे, र बारेकोटगाउँ पालिका बाट १८ देखि ३० वर्ष सम्माका १५ जना युवा उद्यमीहरुको सहभागीता रहेको छ ।

एकिकृत परियोजनाबाट लघुउद्यम विकास तालिम प्राप्त गरि परियोजनाको सहयोग र आफ्नो लगानीमा कुखुरा पालन गरिरहेका ५ जना र सामुदायिकविकास कार्यक्रमअन्र्तगत गठित नागरिक सचेतना केन्द्रका सदस्यहरुका परिवारबाट जिविकोपार्जन कार्यक्रममा कुखुरा पालनगरिहेका १० जना सहभागी रहेको सामुदायिक विकास कार्यक्रमका जिविकोपार्जन तथा स्थानियशासन अधिकृत उपेन्द्र रावलले बताउनु भयो । आजै बिश्वबालश्रम विरुद्धको दिवस र युवा रोजगार प्रवद्र्धन दिवस परेकाले यसैको अवर पारेर युवाकुखुरा पालक उद्यमीहरुलाई कुखुरा पालनतालिम सुरु गरेको पाँचतारा युवा संरक्षक मञ्चजाजरकोट बाल कल्याणका जिविकोपार्जन तथापोषण परियोजना संयोजकप्रविन नेपालीबताउनु भयो ।

तालिमको एक औपचारिक कार्यक्रमकाबीचउद्घादन गरिएको छ । तालिमको उद्घान सत्रमाबोल्दै जिल्ला समन्वय समितिजाजरकोटका सदस्य तेज विक्रमशाहले गैर सरकारी संस्थाहरुले सामाज परिवर्तन, बेरोजगारी न्युनीकरण र गरिवीनिवारणका लागि धेरै लगानी गरेको यसबाट भरमग्दुर फाईदा लिन र स्वरोजगारी भई आत्मनिर्भर बन्नतथा स्वदेशीभुमीमा नै केहीगर्नका लागि यो तालिम एउटा अवसर रहेको र यस अवसरको फाईदा उठाउन सहभागीहरुलाई सुझावदिनु भयो । सेभ द चिल्ड्रेन जाजरकोटका परियोजना संयोजक मनोज कुमार सुनुवारले तालिमलिई सकेपछि यसलाई व्यवहारिक रुपमाप्रयोग गरि सफल उद्यमी बन्न सघाउ पु¥याउने बताउनु भयो । उद्योग बाणिज्य संघ जाजरकोटका सदस्य हरि थापाले व्यवसाय गरिरहेका युवाहरुको व्यवसाय दर्ताका लागि उद्योग वाणिज्य संघको परामर्श चाहिएमा सहयोग गर्न तयार रहेको बताउनु भयो । यसै गरि तालिमको उद्घाटन सत्रको समापनमापाँचतारा युवा संरक्षक मञ्चजारकोटका कार्यकारी निर्देशक छवि पन्तले आर्थिक समृद्धि युवा उद्यमीहरुको उद्यमशिलतामा निर्भर हुने र यसकालागि यस तालिमले सफल कुखुरा पालन उद्यमी बन्नका लागि सहयोग गर्ने बताउनु भयो ।

सभे द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्धारा संचालित एकिकृत परियोजना र आर.आर.एन.÷समुदायिकविकास कार्यक्रमको संयूक्त आयोजनामा तालिम भैरहेको छ । तालिमको सहजीकरण डडेलधुराका सरोज जोशीले गरिरहनु भएको छ ।
तालिमको उदघाटन सत्रमा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेज विक्रमशाह, सेभ द चिल्ड्रेनका परियोजना संयोजक मनोज कुमार सुनुवार, उद्योग बाणिज्य संघ जाजरकोटका सदस्य हरि थापा, पाँचतारा युवा संरक्षक मञ्चकाकार्यकारी निर्देशक छवि पन्त, पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक प्रविन नेपाली र सामुदायिक विकास कार्यक्रमका जिविकोपार्जन तथा स्थानियशासन अधिकृत उपेन्द्र रावल लगाएतको उपस्थिति रहेको थियो ।

Source: http://www.sudurkhabar.com (प्रकाशित मिति : २९ जेष्ठ २०७५)