• Location
    288 Gairidhara Marg, Kathmandu, Nepal
  • Phone No.
    +977 1 4004976, 4004985
Staff Login
  • Home
  • Who We Are
    • Introduction
    • RRN Credo
    • Four-fold Approach
    • RRN's Basic Operating Principles (BOPs)
    • Organizational Structure
    • Executive Committee
    • Funding Partners
      • Current Funding Partners
      • Past Funding Partners
    • Networks and Alliances
      • National Networks
      • Regional/International Networks
    • Community Learning and Resource Centres
    • Office Hours and Holidays
    • Staff Members
  • What We Do
    • Ongoing Development Projects
      • Community Initiative in Livelihood and Rehabilitation in..
      • Improving the Livelihoods of Marginalised Groups in..
      • Water Induced Disaster Risk Reduction Project (WIDP)
      • Water, Sanitation and Hygiene (WASH) Promotion..
      • Others
    • Phased out Development Projects
    • Policy Research, Advocacy, Campaigns and Networking
  • Our Impact
    • RRN Publications
      • Brochures and Fliers
      • RRN Briefing Papers
      • Others
      • RRN Annual Report
      • Proceedings
      • Research Reports
      • Manuals and Guidelines
      • Case Studies
      • Newsletters/Bulletins
        • Punarnirman
        • The Reconstruction
        • Gaaun Bata Shanti
        • Shikshama Pahunch
        • Kishor-Kishori Samvad
        • Millennium Village
        • Digo Jiwikoparjan
        • Conservation Newsletter
        • Arun Upatyaka Sandesh
        • Shantika Lagi Sachetana
        • Bal Awaj
        • CDP Bulletin
        • Kishori Samvad
    • Success Stories
    • Photo Gallery
    • Video Gallery
    • IEC/BCC Materials
      • Radio PSA
      • Posters
      • CDP DRR Posters
      • Freedom from Forced Labor and Modern Slavery
    • Useful Web Links
  • Get Informed
    • News/Events
    • Media Clippings
    • Press Release
    • Procurement Notice
  • Get Involved
    • Contact Us
    • Announcements
    • Vacancies

वडापालिकाकाे नमुना भवन, हेर्नेहरु दङ्गै पर्छन् !

  • Home/
  • Get Informed/
  • Media Clippings
  • वडापालिकाकाे नमुना भवन, हेर्नेहरु दङ्गै पर्छन् !

वडापालिकाकाे नमुना भवन, हेर्नेहरु दङ्गै पर्छन् !

Mar 18, 2019

चैत २, २०७५ शनिबार 

नेत्र शाही 

जुम्ला – शनिबार बिहान १० बजेदेखि नवनिर्मत वडापालिकाको भवनमा मानिसहरु धमाधम जम्मा हुँदै थिए । भिरालो जमिन खारेर समथल भूभागमा निर्माण गरिएको नयाँ वडापालिकाको नमुना भवनको आगनमा समूह पारेर स्थानीयहरु छलफल गर्दै थिए । अर्कोतिर भवनको आगनमा औपचारिक कार्यक्रमका लागि तयारी गरिँदै थियो । गाउँपालिकाका विभिन्न कार्यक्रममध्ये वडापालिकाको पहिलो नवनिर्मित भवन उद्घाटनको कार्यक्रम थियो ।

आकासमा बादल मडारिँदै थियो । मौसम चिसोे थियो । तर उपस्थित सबैको अनुहारमा भने खुशी चम्किरहेको देखिन्थ्यो । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ मा जिल्लाकै गुणस्तरीय नमुना भवन निर्माण भएको छ । यो भवन जिल्लाकै नमूनाको रुपमा निर्माण भएपछि स्थानीयहरु र कार्यक्रममा उपस्थित अतिथिहरु दंग परेका परेका थिए । स्थानीय भद्रवीर सार्कीले गाउँपालिकामा यस्तो भवन आफूले यस अघि नदेखेको भन्दै यस्तो भवन बनेकोमा आफूलाई अच्चम लागेको बताउनुभयो । यस्तै वडा सचिव बिमला योगीले गाउँमा यस्तो भवनमा काम गर्न पाउँदा आफू निकै खुशी भएको बताउनुभयो ।

भवनको निर्माण नेपाल सरकारको समन्वयमा सञ्चालित सामुदायिक विकास कार्यक्रमको सहयोगमा भएको हो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष बिष्णु बुढाले संयुक्त रुपमा यस भवनको उद्घाटन गर्नुभयो ।

जब वडापालिकामा घन्कियो राष्ट्रियगान 

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले झण्डोत्तोलन गर्नुभयो । उद्घाटन भएपछि शहीदको सम्मानमा मौनधारण पनि भयो । त्यसपछि भने वडापालिकामा पहिलो पटक घन्कियाे राष्ट्रियगान । त्यहाँका स्थानीयलाई उत्साह थप्यो । बुढापाकाहरु भन्दै थिए, ‘आज त स्कुलमा जस्तै राष्ट्रियगान गायौँ ।’

सामुदायिक विकास कार्यक्रमद्धारा रु १ करोड ९५ लाख ७८ हजार ४ सय ३ रुपैयाँ र गाउँपालिकाको तर्फबाट ३ लाख ७० हजार रुपैयाँको लागतमा यो भवन निर्माण गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले वडापालिकामा जिल्लाकै गुणस्तरीय भवन निर्माणले नागरिकलाई सेवा दिन सजिलो हुने बताउनुभयो । उहाँले अब स्थानीय तहमा सबै भवन यस्तै बन्नुपर्ने पनि सुझाउनुभयो ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले वडापालिकाले नमुना भवन निर्माण भएको र सहयोग पुर्याउने सबै निकायहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष योगीले भवन संरचना नमुना मात्रै नभै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह महत्वपूर्ण रहेको बताउनुभयो । उपाध्यक्ष बिष्णु बुढाले विभिन्न चुनौतीका बीच भवन निर्माण सम्भव भएको भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।

वडापालिकाको भवन भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री छ । १४ कोठाको यस भवनमा आधुनिक रिसेप्सन, बैठक कक्ष, मैत्री शौचालय, अध्यक्ष कक्ष, सचिव कक्ष देखि विभिन्न फाँटहरुमा भवन भित्रको संरचना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालले जानकारी दिनुभयो ।

तिला गाउँपालिकाले सबै वडा कार्यलयका भवनदेखि स्वास्थ्य, शिक्षा, कृषिका भवनहरु पनि यही शैलीमा निर्माण गर्ने भएको छ । यसका लागि आर्थिक भार केही बढ्ने भएकाले संघीय सरकार तथा दातृ निकायहरुसँग सहयोगको अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो ।

Source: https://ujyaaloonline.com (चैत ४, २०७५)

Prev Next
Recent News/EventsView All
  • no-image
    RRN call for Mapping for Organic Farming, Re- Advertisement
    Feb 4, 2021
  • no-image
    COVID-19, SIRR Project
    Feb 2, 2021
  • no-image
    One River One Community for Disaster Risk Reduction Project
    Jan 30, 2021
Press ReleaseView All
  • सामुदायिक विकास कार्यक्रम समापनतर्फ: प्रदेश नं. २ मा समीक्षा कार्यक्रम सम्पन्न
    Sep 14, 2018
  • An Urgent Appeal for Emergency Relief Response to Flood Affected People in Terai Districts of Nepal
    Aug 16, 2017
  • Women’s Rights Groups call on Governments to Reject the WTO Declaration on “Women’s Economic Empowerment”
    Dec 17, 2017

About RRN

Rural Reconstruction Nepal (RRN) is a Nepali non-government, not for profit, social development organisation, initially set up as a small organisation in 1989

Useful Links

  • About Us
  • Central Office (Kathmandu)
  • Community Learning and Resource Centres

Networks & Alliances

  • Asian's Peoples' Movement on Debt and Development (APMDD)
  • LDC Watch
  • Institute for Social Entrepreneurship in Asia Institute for Social Entrepreneurship in Asia ( ISEA)
  • A National Federation of NGO's in Nepal

Contact Us

  • 288 Gairidhara Marg, Kathmandu, Nepal
  • +977 1 4004976, 4004985
  • rrn@rrn.org.np
© 2021. All Rights Reserved.