राजधानी समाचारदाता

कालिकोट। जिल्लाको तिलागुफा नगरपालिकामा निर्माण भएको सुविधा सम्पन्न भवन सामुदायिक विकास कार्यक्रम (सीडीपी) परियोजनाले वडापालिकालाई हस्तान्तरण गर्न लागेको छ ।

नेपाल सरकार तथा बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा भौतिक पूर्वाधार मन्त्रालयबाट मुलुकभरमा ६ वटा नमुना भवन निर्माणको जिम्मा पाएको सीडीपीले आगामी २० कात्तिकमा वडालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
बुधबार जिल्ला समन्वय समिति र जिल्लाका सरोकारवालासमक्ष चार वर्षको समयमा गरेका क्रियाकलाप र भवन सम्पन्न गरेको प्रतिवेदन जिल्ला समन्वय समितिलाई सीडीपीले बुझाएको थियो ।

Source: rajdhanidaily.com