हरिकृष्ण महत, असोज २५ जुम्ला । सामुदायिक विकास कार्यक्रम सिडीपी जुम्लाले तिला गाउँपालिका जुम्लालाई प्रगति प्रतिवेदन वुझाएको छ । ३ करोड ४५ लाख ७७ हजार ५ सय २४ रुपैया वरावरका भौतिक तथा सामाजिक र सिप मुलक कार्यक्रमहरुको प्रगति प्रतिवेदन आज एक औपचारिक कार्यक्रमका विच बुझाइएको हो । २०१५ देखि हालसम्म सिडिपिले गरेको काम र प्रगति प्रतिवेदन तिला गाँउपालिकाको गाउँ कार्यपालिकाको बैठकमा पेश गरिएको सिडिपी जुम्लाले जनाएको छ । आ.व २०७२÷७३ देखि तिला गाउँपालिकाको भौतिक तथा सामाजिक विकासका लागी सिडिपीले काम गर्दै आएको सिडिपी जुम्लाका कार्यक्रम संयोजक दिपक बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार सिप नभएर जिवन चलाउन हम्मे हम्मे भएकाहरुलाई जीविको पार्जन कार्यक्रम मार्फत हाल आत्मनिर्भर बन्ने सिकाएको बोहोराको भनाइ छ । सिडिपी द्धारा सञ्चालित कार्यक्रमहरु यो वर्षबाट कार्यक्रम सकिएको जानकारी गराउदै बोहोराले भन्नुभयो, विकास गर्न थुप्रै बाँकी थियो र काम गर्ने मन हुदा हुदै पनि जानु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

सिडिपी जुम्लाले २०१५ देखि जुम्लाका तत्कालिन १० वटै गाविस र हालका स्थानिय तहमा भौतिक तथा सामाजिक विकासका कार्यक्रम गर्दै आम नागरिककाको मनमुटुमा बस्न सफल भएको थियो । छोटो समयमा थुप्रै सफलता प्राप्त गर्ने गैरसरकारी मध्ये सिडिपी पनि एक संस्था हो । जसले अरु संघ सस्थालाई छोटो समयमा ठुलो काम गर्नु पर्ने विषयमा चुनौति दिएको छ । सिडिपी जुम्लाले तिला गाउँपालिका वडा नं ४ को वडा कार्यालय २ करोड ३ लाख रुपैयमा रंग रोगन बाहेक सबै कार्य सम्पन्न भैसकेको सिडिपी जुम्लाका कार्यक्रम संयोजक दिपक बोहोराले बताउनुभयो । सिडिपी जुम्लाले तिला गाएँपािलका को वडा नै ४,६,७,८ र ९ मा विभिन्न कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।

सिडिपी जुम्लाको प्रगति प्रतिवेदनमा एक दमै राम्रो भएको भन्दै कार्यक्रम सकिएकोे पत्र प्राप्त हुदा दुख लागेको तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । सिडिपीले छोटो समयमा हासिल गरेको प्रगति सरानिय भएको तिला गाउँपालिका अध्यक्ष योगीले बताउनुभयो यस्तै सिडिपी जुम्लाले २६ वटा भँौतिक पुर्वाधार विकास र सामाजिक विकासमा काम गरेको सिडिपी जुम्लाका लेखा अधिकृत सुदर्शन ढकालले बताउनुभयो । उहाँका अनुसार तत्कालिन १० वटै स्थानियमा सञ्चालित कार्यक्रममा ११ करोड बराबरको खर्च भएको लेखा अधिकृत ढकालले बताउनुभयो ।

Source: https://www.radiokarnali.org (Oct 11, 2018)