बारा/कार्तिक १५// बारा बाट सी.डि.पी. को कार्य अवधि समाप्त भएकोले आज बिदाइ गरिएको छ । बाराको सदरमुकाम कलैयाको होटेल एभेरेस्ट मा एक कार्यक्रमको बीच बिदाइ गरिएको छ । बाराको क्षेत्र न.२ बाट निर्वाचित सांसद रामसहाय यादवको प्रमुख आतिथ्यता तथा जिल्ला समनव्य समिति का अध्यक्ष नवल किसोर यादव को अध्यक्षता र पवन ब्यहुत , प्रमुख जिल्ला अधिकारि गणेश भटराई , प्रहरी उपरीक्षक सानु राम भटराइ , शस्त्र प्रहरी बल का प्रहरी उपरीक्षक बलराम पोखरेल , अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक बिमल घिमिरे, कलैया उप महानगर पालिका का प्रसास्किये अधिकृत शिव रिजाल लगायतक विशिष्ट आतिथ्यतामा बिदाइ कार्यक्रम गरिएको छ ।

सांसद रामसहाय यादव सी.डि.पी. को बिदाइले दुखित हुदै दु:ख व्यक्त गरेका थिए । सी.डि.पी. को काम काज समाजमा प्रभावकारी देखिएकोले यो यस्ता संस्था समाजिक कार्यक्रम गर्न हाम्रो समाजको लागि आवस्यक रहेकोले दु:ख व्यक्त गरेका थिए । हुनत सरकारले पनि धेरै कार्यक्रम गरेका छन् र गरि पनि रहेका छन् तर सी.डि.पी. को कार्य प्रभावकारी देखिएको हुनाले आफु पनि यसको निरन्तरताको लागि पहल गर्ने बताए ।

सी.डि.पी. ले गरिव र वन्चिती अवस्थामा परेका जनताहरुको आर्थिक अवसर तथा अधिकारको प्रत्याभूत प्रदान गर्ने स्थानिय तहहरुको संरचना समावेशी, पारदर्शिता र जवाफदेहितामा सहयोग पुर्याउने गरिव, पछाडी परेका जनताहरुका लागि उत्तम सेवा, सेवा प्रवाह र विपद प्रतिरोधात्मक संरचनामा सहयोग गर्ने उद्देश्यहरु:का साथ् समाजमा सेवा पुर्याएका थिए ।

सामुदायिक विकास कार्यक्रम नेपाल सरकारको समन्वय र वेलायत सरकारको सहयोग तथा नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर आर एन) द्वारा संचालित स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल जि सि डी पी) को अन्तर्गतको सेवा प्रवाह खण्ड र गैर सरकारी संस्थाको नेतृत्वमा संचालित कार्यक्रम हो l लक्षित साविकका गाविसहरुका वहिष्कृत र बन्चित समुदायहरुलाई थप प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले शासनमा आवश्यक सुधारका लागि सामुदायिक विकास कार्यक्रमले बारा जिल्ला लगायत देशको १८ जिल्लामा सुशासन, सामाजिक परिचालन, जीविकोपार्जन, विपद र पूर्वाधारका क्रियाकलापहरु गर्दै आएको छ l

सामुदायिक विकास कार्यक्रमले केन्द्रमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय त्यसै गरि जिल्लामा जिल्ला समन्वय समिति, गाउ र नगर स्तरमा सम्बन्धित गाउपालिका र नगरपालिका र वडा स्तरमा वडा कार्यालय गरि ४ तहमा समन्वय गरेर आफ्नो कार्यक्रमलाई संपन्न गरेको हो ! जनवरी २०१५ देखि अक्टुबर २०१७ सम्म रहेको थियो तर विविध कारणले फेरी १ वर्ष कार्यक्रम थपिएर अक्टुबर २०१८ सम्म हुन पुगेको छ l साविकका नरही, मधुरिजब्दी, खोपवा, पटेर्वा, इनर्वामाल, भगवानपुर, पुरैनिया, बतरा, लक्ष्मीपुरकोतवाली, श्रीनगर बैरिया, कुडवा, टेढाकट्टी, बछनपुर्वा, सिहासनी र सिहोर्वा लगायत साविकका १५ गाविसहरुमा लागु भएको थियो ! परियोजना अवधिको कुल खर्च: १३,००,६३,६३६.८९ भएको हो ।

सी.डि.पी. ले गरेको कार्यक्रम विशेष गरि भौगोलिक रुपले कठिन तथा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक हिसाबले शोषण, विभेद र बहिष्करणमा पारिएका सिमान्तकृत समुदायलाई सशक्त बनाउदै उनीहरुको जीविकोपार्जनमा केहि सुधार आओस् भन्ने अभिप्रायले विगत ३ वर्ष देखि बारा जिल्ला लगायत देशको १८ वटा जिल्लामा काम गर्दै आएको थियो l राज्यको सहयोगी अङ्गको रुपमा विगत २७ वर्ष देखि ग्रामिण जनताको सेवा गर्दै आएको संस्थाको ऐतिहासिक पृष्ठभूमिले नै निर्देशित गरेअनुरुप अहिलेको संघिय प्रणालीलाई समेत आत्मसात गर्दै भिन्न संरचनालाई विशेष गरि स्थानिय तह र स्थानिय सरकारलाई मजबुत बनाउन स्थानिय तहको जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास सम्बन्धि तालिम, ८ वटा स्थानिय तह (करैयामाई, देवताल, महागढ़िमाई, सिम्रौनगढ़, कोल्हबी, फेटा, बारगढ़ी, आदर्शकोतवाल) को नगर/गाउ डिजिटल प्रोफाईलका साथै सिम्रौनगढ़ नपा को पाँच वर्षीय आवधिक योजना समेत तयार गरेको छ l सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन १ वडा कार्यालय, स्वास्थ सेवामा सहजता ल्याउन ५ स्वास्थ चौकी र ६ प्रसुती गृह निर्माण कार्य सम्पन्न गरेको छ भने कृषकहरुलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले १ सिचाई वाध निर्माण गरेको छ त्यसै गरि सहज रुपले शिक्षा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले ३ विद्यालय भवन निर्माण कार्य सम्पन्न गरेको छ साथै केहि विद्यालयहरुको कमजोर अवस्थालाई महसुस गर्दै फर्निचर सहयोग समेत गरेको छ र आवतजावत गर्न सहज होस् भन्ने अपेक्षा सहित ३ वटा कल्वर्ट निर्माण कार्य सम्पन्न गरेको छ ।

कार्यक्रममा सी.डि.पी. का बार जिल्ला संयोजक बिपिन दासले आफ्नो कर्यकालको बारेेमा बताउदै यसजिल्लाले हामीलाई बिना कुनै छलकपट निसन्कोच सहयोग गरि कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा बारा जिल्ला लाई अन्तरहृदय बाट धन्यवाद दिएका थिए।

सी.डि.पी. का संयोजक बिपिन दास , इन्जिनियर बिनय कर्ण , लेख अधिकृत खेम गौतम क्रमचारी अमिरका चौरसिया दात्री निकाय डि.एफ.आइ.डि.कर्यांब्यं गर्ने निकाय आर.आर एन. बाट चार जना लाइ सम्मानित गरिएको छ ।

नागरिक समाज का अध्यक्ष उमेश लाल दास , अधिकार कर्मी शिला साह, निभा सिंह , बबिता जैसवाल , किसमति राम, मंजु सुबेदी सञ्चारकर्मी लगायत ७० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन साजिर मन्सुर ले गरेका थिए ।

Source: https://www.cinnepal.com