हार्डवेयर आपूर्ति गर्न टेण्डर आह्वान

Geographic Coverage

Budget

Project Status

Target Groups

and Beneficiaries

Funding Partners

हार्डवेयर आपूर्ति गर्न टेण्डर आह्वान

अनुमानित बार्षिक खरीद रु. १० करोड

यस नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.) द्धारा बिभिन्न दातृ निकायहरुको सहयोगमा नेपालका विभिन्न जिल्लाहरुमा संचालित बिभिन्न परियोजनाहरु अन्तर्गत पूर्वाधार बिकास तथा निर्माण सम्बन्धी बिभिन्न कार्यक्रमहरुका लागि एक वर्ष सम्म आपूर्ति गर्नु पर्ने आवश्यक हार्डवेयर सामाग्री तथा औजारहरु (सिमेंट, छड, सि.जि.आई.सिट, एच.डि.पि.ई. पाईप तथा फिटिङ्गस्हरु) तल उल्लेखित शर्तहरुको अधीनमा रही आपूर्ति गर्न इच्छुक योग्य हार्डवेयर आपूर्तिकर्ता वा अधिकृत बिक्रेताको काम गर्ने कम्पनी तथा फर्महरुलाई त्भलमभच पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Tender का साथमा पेश गर्नु पर्ने कागजातहरुः

१)  उपलब्ध सूची अनुसार का सामग्रीहरुको VAT बाहेककोे दर रेट अंकमा स्पष्ट रुपमा भरिएको मूल्य बिवरण  ।

२)  नेपाल सरकारको आधिकारिक निकायमा रजिष्ट्रेशन भएको प्रमाण पत्र (नवीकरण सहित) को प्रतिलिपि ।

३)  PAN तथा VAT प्रमाण पत्रको प्रतिलिपि ।

४)  गत आ.व.को कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate)

५)  कम्तीमा ५ बर्ष निर्माण सामाग्री आपूर्र्ति गरेको अनुभव र सम्बन्धित संस्थाहरु बाट प्राप्त अनुभवको प्रमाण पत्र ।

६)  आपूर्तिकर्ता फर्म वा कम्पनीको Profile ।

७)  आपूर्ति गर्नु पर्ने कुनै वस्तुको म्भबभिचकजष्उ भएमा सो को  प्रमाणपत्र ।

Tender का शर्तहरुः

१)   तोकिएको योग्यता पुगेका ईच्छुक प्रतिस्पर्धी आपूर्तिकर्ताहरुले आवश्यक प्रमाण तथा कागजातहरुका साथमा ‘Requirements for Bidding’ मा निर्दिष्ट गरे बमोजिम लाह छाप लगाई बन्द  गरिएको खाममा Tender पेश गर्नु पर्नेछ ।

३)   निर्माण सामाग्रीहरुको कोटेशन दिंदा दरभाउ पत्रमा उल्लेखित सम्पूर्ण सामग्रीहरुको दरभाउ अनिवार्य रुपमा उल्लेख भएको हुनु पर्नेछ । आंशिक सामग्रीहरुको दरभाउ अमान्य हुनेछ । तर  दरभाउ पत्रमा उल्लेखित स्थानहरु मध्ये कुनै एक स्थानका लागि मात्र वा आफूले चाहे जति स्थानका लागि दरभाउ पेश गर्न भने सकिनेछ ।

४)  उपर्युक्त बमोजिमको दरभाउ पत्र यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन अर्थात ०५ अगस्ट २०२४ भित्र संस्थाको केन्द्रिय कार्यालय, गैरिधारा, काठमाण्डौंमा दर्ता गरेको हुनु पर्नेछ र उक्त दिन  सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सम्म दरभाउ पत्र पेश गर्ने अन्तीम म्याद हुनेछ । अन्तीम दिनको अपरान्ह ५ बजे भित्र आई नपुगेका दरभाउ पत्र (tender) लाई समावेश गरिने छैन ।

५)  Tender पठाउनको लागि आवश्यक पर्ने अन्य  कागजातहरुका साथै सामग्रीहरुको लिस्ट संस्थाको website: www.rrn.org.npबाट download गर्नु पर्नेछ ।

६)   यसरी प्राप्त सामग्रीहरुको विवरण को Print Out निकाली आफनो प्रस्तावित दर रेट तथा अन्य आवश्यक कागजात सहित प्रस्ताव  (Tender document) सिलबन्दी गरी माथि उल्लेखित ठेगानामा पठाउनु पर्नेछ।सामग्रीहरुको दररेट को हरेक पाना तथा सिलबन्दी खामको बाहिर पट्टि प्रतिस्पर्धी आपूर्तिकर्ता फर्मरकम्पनीको छाप तथा आधिकारिक व्यक्तिको हस्ताक्षर भएको हुनु पर्नेछ । मूल्य बिवरणको हरेक पानाको तल पट्टि आपूर्तीकर्ताको छाप तथा आधिकारिक व्यक्तिको हस्ताक्षर का साथै कुनै अङ्क बदल्नु परेमा एउटा धर्सोले मात्र काटेर त्यसैको छेउमा नयाँ अङ्क लेखी त्यस्तो स्थानमा समेत आधिकारिक हस्ताक्षर र छाप लगाउनु पर्नेछ ।

७)   टेण्डर मूल्याङ्कन समितिद्वारा रीतपूर्वक प्राप्त प्रस्तावहरुको तुलनात्मक अध्ययन तथा विश्लेषण गरिनेछ ।

८)   ग्रामीण पूर्वाधार सम्बन्धि निर्माण सामाग्री सप्लाई गरेको अनुभव भएकाहरुलाई बिशेष ग्राह्यता दिईनेछ ।

९)   कुनै पनि द्यष्म पूर्ण वा आंसिक रुपमा स्वीकृति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।
Skip to content