आलुको बीउ जोगाउन ‘रस्टिक भण्डार’

आलुको बीउ जोगाउन ‘रस्टिक भण्डार’

यो भण्डारमा हाल २५ जना किसानले आलुको बीउ राखेका छन् । ‘परम्परागत रूपमा घरमा राख्थ्यौं, मुना पलाएर केलाउनुपर्ने झन्झट थियो,’ उनले भनिन्, ‘यहाँ राखेपछि रोप्ने समय पनि मिल्ने, बीउ कुहिने र खेर जाँदैन ।’ घरमा राखेको आलुको बीउ आधा नष्ट भएर जाने गरेको उनले बताइन् । ‘हिमपात र हिउँदे वर्षा नभई हतारमा आलु रोप्थ्यौं,’ उनले भनिन्, ‘अहिले माघ पहिलो साता आलु रोप्न पर्याप्त समय मिलेको छ ।’

आलुको बीउ भण्डारणका लागि भीमेश्वर नगरपालिकाको लाँकुरी र बोचसहित शैलुङ गाउँपालिकामा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले ६ वटा रस्टिक भण्डार बनाइदिएको छ । ६२ लाखमा बनेका यी नमुना रस्टिक भण्डारमा २ सय बढी किसानले सामूहिक रूपमा आलुको बीउ राख्ने गरेका छन् । घरमा राखेको बीउ आधा नष्ट हुँदा किनेर समेत आलु लगाउने गरेको स्थानीय हर्कबहादुर बाँडाले सुनाए ।

शैलुङ–१ भुषाफेदाकी चन्द्रमाया तामाङले पनि पहिलो पटक सामूहिक रूपमा रस्टिक भण्डारमा आलुको बीउ राखेकी छन् । ‘आलुको बीउ किन्न अन्तै धाउनुपर्थ्यो, तर रस्टिकमा राखेपछि आफ्नै बीउ रोप्न पाएका छौं,’ उनले भनिन्, ‘उत्पादन पनि बढेको छ, समय पनि बचेको छ ।’

Skip to content