मल ल्याउन नसक्ने कृषिमन्त्रीकाे राजीनामा माग्दै ओलीले भने आन्दोलन गर्नुहोस (भिडियोसहित)

मुक्त कमैयाका समस्या पनि आयोग मार्फत सम्वोधन हुन्छः शर्मा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले भुमिको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयोग मार्फत योजनाबद्ध काम थालिएको प्रष्ट पार्नु भएको छ ।

आयोग मार्फत थालिएको काम कुनैपनी बहानामा कसैलेपनि रोक्न नहुने र रोकिएको खण्डमा भूमिहिनलाई जग्गाको मालिक बन्न बाट रोक्ने प्रयास गरिएको ठानिने बताउनु भएको हो । २२ औं मुक्त कमैया दिवसको अवसरमा शनिबार घोराहीमा भएको अन्र्तक्रिया कार्यक्रमलाई माननीय सांसद शर्माले सम्वोधन गर्नु भयो । मुक्त कमैया समाज र कमैया महिला जागरण समाजको आयोजना तथा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था(आरआरएन) र सन संस्थाको सहकार्यमा कार्यक्रम भएको हो । समाजका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य माननीय रेवतीरमण शर्माको बिशिष्टि आतिथ्यतामा सम्पन्न कार्यक्रममा भूमिहिन, सुकुम्वारी र मुक्त कमैयालाई भूमिको मालिक बनाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले काम गर्नेमा जोड दिइएको छ ।

Skip to content