प्रथम पटक प्रकाशित मितिः १४ पौष, २०७९
जग्गा बिक्रीमा रहेको सूचना
संखुवासभा जिल्ला, खाँदबारी नगरपालीका वडा नं. ९ तुम्लिङ्गटार स्थित नेपाल ग्रामीण पुनर्निमाण संस्था (आर.आर.एन.) को स्वामित्वमा रहेको कित्ता नंं १५८९, १७४७, १९३८, १९७९, १९८२, ४०५४ तथा ४०५६ को गरी जम्मा १४.३५७ रोपनी (७३०४ बर्ग मी.) जग्गा तथा सो जग्गामा बनेको घर(टहरा लगायतको संरचना सहित बिक्रीमा रहेको छ । इच्छुक व्यक्ति वा संस्थाले आफूले दिन चाहेको मूल्य उल्लेख गरी यो सूचना प्रथम पटक प्रकाशित भएको मिति बाट १५ दिन (मितिः १४ पौष, २०७९) भित्र नेपाल ग्रामीण पुनर्निर्माण संस्था, सम्पर्क कार्यालय, तुम्लिङ्गटारमा आई पुग्ने गरी निम्न लिखित शर्तहरुको अधीनमा रही सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरिन्छ ः
(१) प्रति रोपनी को दर र सोको आधारमा सम्पूर्ण जग्गा तथा घरको जम्मा मूल्य अंक र अक्षर दुवैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । केरमेट गरिएको वा अंक र अक्षरमा लेखिएको मूल्यमा फरक भएको पाईएमा त्यस्तो प्रस्ताव स्वतः रद्द हुनेछ ।
(२) प्रस्ताव तोकिएको मिति भित्र पेश गर्नु पर्नेछ । तोकिएको समयावधि पछि कुनै पनि प्रस्ताव लिईने छैन ।
(३) प्रस्ताव पेश गर्दा आफूले दिन चाहेको दरले सम्पूर्ण जग्गा र घरको मूल्यको २.५० ले हुन आउने रकम Rural Reconstruction Nepal (ISMP) को नाममा सानिमा बैंक, हेड अफिस, नारायण चौर, नक्साल, काठमाण्डौमा रहेको खाता नं. ००१०११०६०००६७८१ मा जम्मा गरी सोको सक्कलै प्रति भौचर प्रस्ताव सँगै संलग्न राखी पेश गर्नु पर्नेछ ।
(४) असफल प्रस्तावहरुको साथमा जम्मा गरिएको रकम निर्णय भएको एक हप्ता भित्र सम्बन्धित प्रस्तावकर्तालाई फिर्ता गरिनेछ भने सफल प्रस्तावकले घर जग्गाको बाँकी रकम निर्णय भएको मितिले एक महीना भित्र चुक्ता गर्नु पर्नेछ अन्यथा प्रस्ताव सँग जम्मा गरेको २.५० रकम स्वतः जफत हुनेछ ।
(५) कुनै पनि प्रस्ताव स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
प्राप्त सबै प्रस्तावहरु मध्ये सबैभन्दा बढी मूल्य प्रस्ताव गर्नेलाई जग्गा बिक्री गरिनेछ ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था
गैरिधारा, काठमाण्डौ