विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्री आपूर्ति गर्न बोलपत्र आह्वान

विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्री आपूर्ति गर्न बोलपत्र आह्वान

अनुमानित बार्षिक खरीद रु. ५० लाख

यस नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.) द्धारा बिभिन्न दातृ निकायहरुको सहयोगमा नेपालका विभिन्न जिल्लाहरुमा संचालित बिभिन्न परियोजनाहरु अन्तर्गत सम्बन्धीत बिभिन्न कार्यक्रमहरुका लागि एक वर्ष सम्म आपूर्ति गर्नु पर्ने आवश्यक विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्री तल उल्लेखित शर्तहरुको अधीनमा रही आपूर्ति गर्न इच्छुक योग्य आपूर्तिकर्ता वा अधिकृत बिक्रेताको काम गर्ने कम्पनी तथा फर्महरुलाई त्भलमभच पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

बोलपत्र का साथमा पेश गर्नु पर्ने कागजातहरुः
  • उपलब्ध सूची अनुसार का सामग्रीहरुको VAT बाहेकको दर रेट अंकमा स्पष्ट रुपमा भरिएको मूल्य बिवरण ।
  • नेपाल सरकारको आधिकारिक निकायमा रजिष्ट्रेशन भएको प्रमाण पत्र (नवीकरण सहित) को प्रतिलिपि ।
  • PAN तथा VAT प्रमाण पत्रको प्रतिलिपि ।
  • गत आ.व.को कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate)
  • कम्तीमा ५ बर्ष विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्री आपूर्ति गरेको अनुभव र सम्बन्धित संस्थाहरु बाट प्राप्त अनुभवको प्रमाण पत्र ।
  • आपूर्तिकर्ता फर्म वा कम्पनीको Profile ।
बोलपत्र का शर्तहरुः
  • तोकिएको योग्यता पुगेका ईच्छुक प्रतिस्पर्धी आपूर्तिकर्ताहरुले आवश्यक प्रमाण तथा कागजातहरुका साथमा ‘Requirements for Bidding’ मा निर्दिष्ट गरे बमोजिम लाह छाप लगाई बन्द गरिएको खाममा बोलपत्र पेश गर्नु पर्नेछ ।
  • विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्रीहरुको बोलपत्रमा दरभाउ उल्लेख गर्दा, सम्पूर्ण सामग्रीहरुको दरभाउ अनिवार्य रुपमा उल्लेख भएको हुनुपर्नेछ । आंशिक सामग्रीहरुको दरभाउ अमान्य हुनेछ । तर बोलपत्रमा उल्लेखित सम्पुर्ण स्थानका लागि अनिवार्यरूपमा दरभाउ पेश गर्नु पर्नेछ ।
  • उपर्युक्त बमोजिमको दरभाउ पत्र यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन अर्थात ५ फर्वरी २०२६ भित्र संस्थाको केन्द्रिय कार्यालय, गैरिधारा, काठमाण्डौंमा दर्ता गरेको हुनु पर्नेछ र उक्त दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सम्म दरभाउ पत्र पेश गर्ने अन्तीम म्याद हुनेछ । अन्तीम दिनको अपरान्ह ५ बजे भित्र आई नपुगेका बोलपत्र (tender) लाई समावेश गरिने छैन ।
  • बोलपत्र पठाउनको लागि आवश्यक पर्ने अन्य कागजातहरुका साथै सामग्रीहरुको लिस्ट संस्थाको website: www.rrn.org.np  बाट download गर्नु पर्नेछ ।
  • यसरी प्राप्त सामग्रीहरुको विवरण को Print Out निकाली आफनो प्रस्तावित दर रेट तथा अन्य आवश्यक कागजात सहित प्रस्ताव (Tender document/बोलपत्र दस्ताबेज) सिलबन्दी गरी माथि उल्लेखित ठेगानामा पठाउनु पर्नेछ । सामग्रीहरुको दररेट को हरेक पाना तथा सिलबन्दी खामको बाहिर पट्टि प्रतिस्पर्धी आपूर्तिकर्ता फर्मरकम्पनीको छाप तथा आधिकारिक व्यक्तिको हस्ताक्षर भएको हुनु पर्नेछ । मूल्य बिवरणको हरेक पानाको तल पट्टि आपूर्तीकर्ताको छाप तथा आधिकारिक व्यक्तिको हस्ताक्षर का साथै कुनैअङ्क बदल्नु परेमा एउटा धर्सोले मात्र काटेर त्यसैकोछेउमा नयाँ अङ्क लेखी त्यस्तो स्थानमा समेत आधिकारिक हस्ताक्षर र छाप लगाउनु पर्नेछ ।
  •  बोलपत्र मूल्याङ्कन समितिद्वारा रीतपूर्वक प्राप्त प्रस्तावहरुको तुलनात्मक अध्ययन तथा विश्लेषण गरिनेछ ।
  • विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्री सम्बन्धि सामाग्री सप्लाई गरेको अनुभव भएकाहरुलाई बिशेष ग्राह्यता दिईनेछ ।
  • कुनै पनि द्यष्म पूर्ण वा आंसिक रुपमा स्वीकृति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।

More general announcement

विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्री आपूर्ति गर्न बोलपत्र आह्वान

विउ विजन, नर्सरी विरुवाहरु तथा कृषि सामग्री आपूर्ति गर्न बोलपत्र आह्वान अनुमानित बार्षिक खरीद रु. ५० लाख यस नेपाल ग्रामीण पुनर्निर्माण

Invitation for sealed bids

Rural Reconstruction Nepal Central Office Gairidhara, Kathmandu Nepal Field Office Biratnagar, Nepal First Date of Publication: 31 Aug 2023 Invitation

Skip to content